दफा २५
सङ्क्रमणकालीन व्यवस्था
दफा ३ को उपदफा (३) बमोजिम नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारण संस्थामा देहाय बमोजिम रूपान्तरण गरिनेछ:- (क) यो ऐन प्रारम्भ हुँदाका बखत नेपाल टेलिभिजन र रेडियो नेपालमा स्वीकृत रहेका दरबन्दीहरूलाई सार्वजनिक सेवा प्रसारण संस्थाको आवश्यकता र औचित्यका आधारमा पुनरावलोकन गरी दरबन्दी पुनर्संरचना गरिनेछ।

(ख) यो ऐन प्रारम्भ हुँदाका/बखत नेपाल टेलिभिजन र रेडियो नेपालमा कार्यरत स्थायी कर्मचारीहरू खण्ड (क) बमोजिम कायम गरिएको मिल्दो दरबन्दी (पद, तह र श्रेणी) मा समायोजन हुनेछन्‌।

तर करारमा नियुक्त वा सम्झौता भई कार्यरत कर्मचारीहरूको हकमा सार्वजनिक सेवा प्रसारण संस्थाको आवश्यकता अनुसार मात्र व्यवस्थापन गरिनेछ।

(ग) ८ खण्ड (ख) बमोजिम मिल्दो पद, तह र श्रेणीमा समायोजन हुन नसकेका कर्मचारीहरूलाई निजको बाँकी अवधि गणना गरी अवकाश दिने व्यवस्था गर्न सकिनेछ।

तर सो अवधि अनिवार्य अवकाश हुने उमेर भन्दा बढी हुने गरी गणना गरिने छैन।

(घ) सार्वजनिक सेवा प्रसारण संस्थाले मन्त्रालयको सहमति लिई संस्थामा कार्यरत कर्मचारीलाई स्वेच्छिक अवकाश दिने प्रयोजनका लागि मापदण्ड तथा कार्यविधि बनाई लागु गर्न सक्नेछ।

(ङ) खण्ड (ख) बमोजिम समायोजन भएको कर्मचारीको सेवा सुविधा निजले खाइपाइ आएको सेवा सुविधाभन्दा .कम हुने छैन।

(च) यो ऐन प्रारम्भ हुँदाको बखत कायम रहेको नेपाल टेलिभिजन र : रेडियो नेपालको चल, अचल सम्पत्ति र दायित्व यो ऐन प्रारम्भ भएपछि सार्वजनिक सेवा प्रसारण संस्थाको नाउँमा सर्नेछ।

(छ) यो ऐन: बमोजिम सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको गठन एक वर्षभित्र गरिसक्नु पर्नेछ। त्यसरी समिति गठन नभएसम्म नेपाल टेलिभिजन र रेडियो नेपालको सञ्चालक समितिले यथावत्‌ रूपमा कार्य गर्नेछन्‌।